विकल वाङ्मय साहित्य पुरस्कार भाषासेवी शान्तदास मानन्धरलाई

विकल वाङ्मय साहित्य पुरस्कार भाषासेवी शान्तदास मानन्धरलाई

२०७७, पौष ४ शनिवार

  • 2.4K
    SHARES

  • विकल वाङ्मय साहित्य पुरस्कार भाषासेवी शान्तदास मानन्धरलाई

    पौष ४, काठमाडौँ । 

    आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित यस वर्षका विभिन्न पुरस्कार वितरण गरिएको छ ।

    रमेश विकल साहित्य प्रतिष्ठानले आज गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कार वितरण गरिएको हो ।

    प्रतिष्ठानले यस वर्षको विकल वाङ्मय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरेको छ । यो पुरस्कारको राशि रु ३० हजार रहेको छ ।

    यसैगरी रु २० हजार राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोखरेल (अनाथाश्रम विराटनगर)लाई प्रदान गरिएको छ  । 

    रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई दिइएको छ ।

    साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरियो ।

    रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला सङ्गीत पुरस्कार वरिष्ठ कलाकार  हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ । 

    सबै पुरस्कारको राशि रु १० हजार रहेको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे लगायतले स्रष्टाहरुलाई पुरस्कार वितरण गरे ।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरे, पुरस्कृत स्रष्टाद्वय मानन्धर र शर्मा, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा प्रतिष्ठानका उपाध्यक्ष के. के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेल, प्रतिष्ठानका महासचिव विजय चालिसे, प्रतिष्ठानका सदस्य मातृका पोखरेललगायतले विकलको बहुआयामीक व्यक्तित्व तथा प्रतिष्ठानका गतिविधिबारे चर्चा गरे । 

    २०७७, पौष ४ शनिवार०६:०६:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार