इरानमा कोरोनाका कारण फेरि उच्च मृत्युदर

इरानमा कोरोनाका कारण फेरि उच्च मृत्युदर

२०७८, भाद्र ७ सोमवार

  • 757
    SHARES

  • इरानमा कोरोनाका कारण फेरि उच्च मृत्युदर

    तेहरान । इरानमा कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या फेरि उच्च भएको छ । 

    सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार इरानमा कोरोनाका कारण एक दिनमा ६८४ जनाको मृत्यु भएको छ ।  

    योसँगै इरानमा कोरोनभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म एक लाख दुई हजार ३८ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी भाइरसबाट देशभरी अहिलेसम्म ४६ लाख ७७ हजार ११४ जना सङ्क्रमित भएको इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ४१९ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । 

    कूल सङ्क्रमितमध्ये अहिलेसम्म ३९ लाख ३२ हजार ४७२ जना सङ्क्रमणमुक्त भएका छन् भने सात हजार ६६२ जना अझै पनि आईसीयूमा रहेका छन् । 

    आइतबारसम्म एक करोड ६७ लाख १७ हजार ६८१ जनाले कम्तीमा एउटा खोप लगाएका छन् । तीमध्ये ५८ लाख ३० हजार ६५० जनाले दुवै खोप लगाएका छन् ।- एजेन्सी ।

    २०७८, भाद्र ७ सोमवार०७:५७:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार