कम्बोडिया बालबालिका जलवायु परिवर्तनबाट धेरै प्रभावित हुने दाबी

कम्बोडिया बालबालिका जलवायु परिवर्तनबाट धेरै प्रभावित हुने दाबी

२०७८, भाद्र ७ सोमवार

  • 769
    SHARES

  • कम्बोडिया बालबालिका जलवायु परिवर्तनबाट धेरै प्रभावित हुने दाबी

    नोमपेन । कम्बोडियाका बालबालिका जलवायु परिवर्तनका कारण उत्पन्न हुने असरको उच्च जोखिममा रहेको पाइएको छ । 

    विषेश गरेर उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षालगायतका विषयमा उनीहरूलाई हानी हुनसक्ने संयुक्त राष्ट्रसङ्घीय निकायले चिन्ता व्यक्त गरेको हो । 

    कम्बोडियामा आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)का अधिकारीहरूले विश्वभरीको तथ्याङ्क हेर्दा कम्बोडिया पनि उच्च जोखिममा रहेको जानकारी दिएका हुन् । 

    जलवायु परिवर्तनले बाल अधिकारमा पार्नसक्ने असरसम्बन्धी अध्ययन प्रतिवेदनमा कम्बोडिया उच्च जोखिमको ४६औँ अग्रस्थानमा रहेको युनिसेफका प्रतिनिधिहरूले उल्लेख गरेका छन् । 

    उनीहरूका अनुसार प्रतिवेदनमा १६३ देश तथा क्षेत्रहरूको अध्ययन विवरण समावेश गरिएको छ । कम्बोडियाका बालबालिकामा पानी, वायु, माटोलगायत मार्फत हुने असरको खतरा खढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    बालबालिका उच्च जोखिममा रहे पनि जोखिम न्यूनीकरण गर्नका लागि अपनाउनु पर्ने उपाय तथा कामहरूका लागि पर्याप्त लगानी भने नभएको उनीहरूले जनाएका छन् । 

    जोखिम कम गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, जनचेतना, सरसफाइ, पोषण, सामाजिक सुरक्षालगायतका क्षेत्रमा लगानी पर्नुपर्ने विज्ञहरूको भनाइ छ । -एजेन्सी । 

    २०७८, भाद्र ७ सोमवार०८:११:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार