काठमाडौं । नेकपा (एमाले) को आज ११ बजेको लागि तय गरिएकोे स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ ।
सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिए । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ ।
यता माधवकुमार नेपाल समूहको प्रस्तावित नेकपा (एकिकृत समाजवादी) को आन्तरिक छलफल चन्द्रागिरीमा जारी छ । छलफलले प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिने मस्यौदा तयार गरेको छ ।