रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल

रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल

२०७८, भाद्र ८ मंगलवार

  • 1.7K
    SHARES

  • रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल

    सोल । रुस र दक्षिण कोरियाली आणविक दूतका बीचमा कोरियाली प्रायद्वीपका विषयमा छलफल भएको बताइएको छ । 

    दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुुसार दुई देशका आणविका दूतका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो गतिविधि र अवस्थाका बारेमा कुराकानी भएको हो । 

    कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली विशेष दूत नो क्यु डुकले रुसी उप विदेशमन्त्री बीच मंगलबार कुराकानी भएको हो । 

    रुसी उप विदेशमन्त्री इगोर मोरगुलोभ छ दिनको भ्रमणका लागि हिजो दक्षिण कोरिया पुगेका छन् । उनी कोरियाली प्रायद्वीपका लागि रुसी विशेष दूत हुन् ।   

    उनीहरुका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो अवस्थाका साथै सो क्षेत्रमा अपनाउनुपर्ने निशस्त्रीकरणका बारेमा पनि आवश्यक छलफल भएको कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको छ । -एजेन्सी । 

    २०७८, भाद्र ८ मंगलवार०४:२०:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार