आयोगले माधव र ठाकुर समूहलाई सनाखतका लागि बुधबार बोलायो

आयोगले माधव र ठाकुर समूहलाई सनाखतका लागि बुधबार बोलायो

२०७८, भाद्र ८ मंगलवार

  • 869
    SHARES

  • आयोगले माधव र ठाकुर समूहलाई सनाखतका लागि बुधबार बोलायो

    काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।

    आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो । 

    २०७८, भाद्र ८ मंगलवार०५:१५:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार