इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित

इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित

२०७८, भाद्र १० बिहिवार

  • 997
    SHARES

  • इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित

    तेहरान । इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित भएको छ । 

    राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसद्मा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस गरिएको थियो । 

    राष्ट्रपति इब्राहिम रायसीले पेस गरेको नामावलीअनुसार १८ जना मन्त्रीको नाम संसद्बाट पारित भएको हो । 

    उनले १९ जनाको नामावली पेस गरेकोमा १८ जनाको मात्रै पारित भएको र एक जनाको भने पारित नभएको संसद् सचिवालयले जनाएको छ । 

    शिक्षा मन्त्रीका लागि प्रस्तावित एक व्यक्तिका लागि भने आवश्यकताअनुसारको समर्थन नपुगेको जानकारी दिइएको छ । 

    उनले संसदमा गत शनिबार नामावली पेस गरेकोमा सबैका बारेमा सांसदले छलफल गरेर मङ्गलबार विश्वासको मत दिएको जनाइएको छ ।

    मन्त्रीका लागि अनुमोदन भएकाको नामावली राष्ट्रपति कार्यालयको आधिकारीक वेभसाइडमा राखिएको छ । -एजेन्सी । 

    २०७८, भाद्र १० बिहिवार०३:५१:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार