महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न पहल

महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न पहल

२०७८, भाद्र ११ शुक्रवार

  • 1.2K
    SHARES

  • महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न पहल

    काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ ।

    पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो । 

    बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै काँग्रेस नेता डा मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग आजै छलफल गर्ने जानकारी दिए । 

    “अधिवेशन प्रक्रियामा केही व्यावहारिक कठिनाइ आएका छन्, उक्त कठिनाइलाई समाधान गर्नुपर्छ, जिल्ला सभापतिले राखेका मागलाईसमेत नेतृत्वले गम्भीररुपमा लिनुपर्छ”, उनले भने । 

    बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री सिंह, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा शेखर कोइराला, डा रिजाललगायत उपस्थित थिए । 

    २०७८, भाद्र ११ शुक्रवार०३:४८:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार