कोरियाका परमाणु दूतले वाशिङ्टन भ्रमण गर्ने

कोरियाका परमाणु दूतले वाशिङ्टन भ्रमण गर्ने

२०७८, भाद्र ११ शुक्रवार

  • 1.3K
    SHARES

  • कोरियाका परमाणु दूतले वाशिङ्टन भ्रमण गर्ने

    सोल । दक्षिण कोरियाका परमाणु दूतले कोरियाली प्रायद्वीपका मुद्दामा छलफल गर्न यस सप्ताहन्तमा वाशिङ्टनको भ्रमण गर्नुहुने भएको छ । 

    दक्षिण कोरियाली विदेश मन्त्रालयले शुक्रबार दिएको जानकारीअुनसार कोरियाली प्रायद्वीपमा शान्ति र सुरक्षा मामिलाका लागि दक्षिण कोरियाका विशेष प्रतिनिधि नोह क्यू–डुकले अमेरिकाको चार दिने भ्रमण गर्न लाग्नुभएको हो ।

    भ्रमणको क्रममा नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग परामर्श गर्नुहुने जनाइएको छ । उहाँ अमेरिकी विशेष प्रतिनिधि सुङ किमको निमन्त्रणामा आइतबारदेखि बुधबारसम्म वाशिङ्गटनको यात्रामा निस्कन लाग्नुभएको हो । 

    विषेश प्रतिनिधि नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग घनिष्ठ परामर्श जारी राख्ने अपेक्षा गरिएको छ । -एजेन्सी ।

    २०७८, भाद्र ११ शुक्रवार०४:५७:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार