नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव कुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव कुमार नेपाल

२०७८, भाद्र १३ आइतवार

  • 817
    SHARES

  • नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव कुमार नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि आज बैठक बसेको छ । 

    सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको सांसद कृष्णलाल महर्जनले जानकारी दिए । यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) को पहिलो पटक बसेको यस बैठकले सो दलको संसदीय दलको नेता चयन गर्ने छ ।

    दलको नेतामा सो पार्टीका अध्यक्ष माधव कुमार नेपालनै सर्वसम्मत रुपमा चयन हुने बताइएको छ । 

    २०७८, भाद्र १३ आइतवार०२:०३:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार