काबुल विमानस्थल नजिकै फेरि अर्को विस्फोट

काबुल विमानस्थल नजिकै फेरि अर्को विस्फोट

२०७८, भाद्र १४ सोमवार

  • 745
    SHARES

  • काबुल विमानस्थल नजिकै फेरि अर्को विस्फोट

    काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ । 

    शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो ।

    विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरु गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ ।  

    विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

    स्थानीय समयअनुसार आइतबार साँझ ४ः५५ मा विस्फोटनको घटना भएको र अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् । 

    विस्फोटनपछि काबुलको आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । विस्फोटनको घटनाप्रति यो समाचार लेख्दासम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । 

    काबुल विमानस्थल नजिकै यसअघि गत बिहीबार पनि शक्तिशाली विस्फोटन भएको थियो । घटनामा परी कम्तीमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो । 

    विस्फोटनका कारण अरू २०० जना घाइते भएको र उनीहरुमध्ये धेरैको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

    पहिलो विस्फोटनपछि पनि दर्जनौँ विमानहरुले हजारौँ मानिसलाई काबुल विमास्थलबाट उद्धार गरेर अन्यत्र लगेका छन् । 

    अफगानिस्तानमा यही अगस्त १४ तारिखका दिन तालिबान विद्रोहीहरुले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाडेका छन् । 

    अफगानिस्तान छाड्न विमानस्थलमा हजारौँको भीड लागिरहेपछि त्यसलाई रोक्न तालिबान विद्रोहीहरुले नै दबाब दिइरहेका बेला विस्फोटनका घटना भएका हुन् । 

    अमेरिका र बेलायती अधिकारीहरुले पहिलो विस्फोटन हुनु अगाडि पनि विस्फोटन हुनसक्ने आशङ्का गरेका थिए भने आइतबारको विस्फोटन हुनु अगाडि पनि दोस्रो विस्फोटन हुनसक्ने चेतावनी दिएका थिए । -एजेन्सी । 

    २०७८, भाद्र १४ सोमवार०७:४०:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार