बङ्गलादेशमा करिब पाँच लाख व्यक्ति कोभिड सङ्क्रमित

बङ्गलादेशमा करिब पाँच लाख व्यक्ति कोभिड सङ्क्रमित

२०७७, पौष ५ आइतवार

  • 1.3K
    SHARES

  • बङ्गलादेशमा करिब पाँच लाख व्यक्ति कोभिड सङ्क्रमित

    पौष ५, ढाका । 

    बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबारसम्म करिब पाँच लाख पुगेको त्यहाँको सरकारले पुष्टि गरेको छ । 

    शनिबार बङ्गलादेशमा थप सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २६७ रहेको र २५ व्यक्तिको मृत्यु भएको छ । 

    बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार अहिलेसम्म बङ्गलादेशमा चार लाख ९९ हजार ५६० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने सात हजार २४२ व्यक्तिको मृत्यु भएको छ ।

    मुसलमान बहुल यस मुलुकमा विगत २४ घण्टामा १२ हजार ३०० सम्भावित व्यक्तिको नमूना परीक्षण गरिएकोमा करिब १० प्रतिशत सङ्क्रमित भेटिएका थिए ।

    बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित चार लाख ३५ हजार ६०१ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् भने शनिबार सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९८७ रहेको महानिर्देशनालयले जनाएको छ ।

    सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये १.४५ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने अहिलेसम्म ८७.२० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

    बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने जुन ३० मा एकै दिनमा सबैभन्दा बढी ६४ सङ्क्रमितको मृत्यु भएको थियो । -एजेन्सी ।  

    २०७७, पौष ५ आइतवार०६:४६:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार