इस्लामाबाद विमानस्थल मार्फत अफगानिस्तानबाट पाकिस्तानमा २० हजार विस्थापित

इस्लामाबाद विमानस्थल मार्फत अफगानिस्तानबाट पाकिस्तानमा २० हजार विस्थापित

२०७८, भाद्र १४ सोमवार

  • 621
    SHARES

  • इस्लामाबाद विमानस्थल मार्फत अफगानिस्तानबाट पाकिस्तानमा २० हजार विस्थापित

    इस्लामावाद । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट पाकिस्तानमा अहिलेसम्म २० हजार विस्थापित भएका छन् । 

    विस्थापित भएकाहरु अफगानिस्तानका र अन्य विभिन्न देशका नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

    यो सङ्ख्या विमानबाट पाकिस्तानको केन्द्रीय राजधानी इस्लामाबाद विमानस्थलमा आउनेहरुको मात्रै भएको पनि अधिकारीहरुले बताएका छन् ।

    तालिबान विद्रोहीहरुले यही अगस्त १४ तारिखका दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएदेखि अहिलेसम्म काबुलबाट इस्लामाबादसम्म ३३२ उडान भएका छन् । सो उडान मार्फत ती विस्थापितहरु पाकिस्तान आइपुगेका हुन् । 

    अफगानिस्तानमा रहेका धेरै मानिसले अफगानिस्तान छोड्न चाहेको र काबुल विमानस्थलमा ठूलो भीड लागेपछि पाकिस्तानले विषेश उडानसमेत सञ्चालन गरेको थियो । 

    छिमेकी देशको सामान्य दायित्वका रुपमा उनीहरुलाई उद्धार गरिएको र असीमित मानिसलाई ल्याउन पनि नसकिएको पाकिस्तानी अधिकारीहरुको भनाइ छ ।  

    कतिपय विस्थापितहरुले इस्लामाबाद विमानस्थललाई माध्यमको रुपमा मात्रै प्रयोग गरेर अन्यत्र पनि गएको उनीहरुले जनाएका छन् । 

    “पाकिस्तानको सीमानाकाबाट अहिले दैनिक १८ हजार मानिस आउने जाने गरेका छन्” चामन नाकाका कोरोनाभाइरस स्वास्थ्य समूहका प्रमुख हमिद उल्लाहले भने । 

    उनका अनुसार यसअघि सोही ठाउँबाट दैनिक १२ हजारले ओहोरदोहोर गर्ने गरेका थिए । यो सङ्ख्या हेर्दा पहिलाभन्दा अहिले सीमानाका प्रयोग गर्नेहरुको सङ्ख्या बढेको छ । -एजेन्सी ।

    २०७८, भाद्र १४ सोमवार०८:०३:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार