अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

२०७८, भाद्र १५ मंगलवार

  • 1.2K
    SHARES

  • अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

    काठमाडौं । अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए ।

    मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

    मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    २०७८, भाद्र १५ मंगलवार०८:३२:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार