वडा अधिवेशन तयारी

वडा अधिवेशन तयारी

२०७८, भाद्र १५ मंगलवार

  • 1.3K
    SHARES

  • वडा अधिवेशन तयारी

    भादगाउँ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले पार्टीको १४औँ अधिवेशनको तयारी सुरुआत गरेको छ । जिल्ला सभापति दुर्लभ थापाका सभापतित्वमा सोमबार बसेको जिल्ला समिति बैठकले यही भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गर्दै अधिवेशनको तयारी थालेको हो ।

    अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलको उपस्थितिमा सम्पन्न बैठकले केन्द्रले निर्धारण गरेको महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिए ।

    वडा तहको नेतृत्व चयनका लागि १८ गते उम्मेदवार मनोनयन गर्ने र सहमति नभए २१ गते निर्वाचन गर्ने गरी तयारी भइरहेको बताइएको छ ।

    वडा अधिवेशनका लागि निर्वाचन अधिकृत र जिल्ला प्रतिनिधि डेमोक्रेटिक लयर्स एसोसिएशन ९डीएलए० र नेपाल शिक्षक सङ्घसँग समन्वय गरी वडावडामा खटाइने सचिव ढुङ्गेलले बताए ।

    बैठकले अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न पार्टीका आम कार्यकता, शुभचिन्तक र शुभेच्छुक सबैमा आह्वानसमेत गरेको छ । जिल्लामा चार स्थानीय तहका ३८  वडा छन् ।

    जिल्लामा कांग्रेसका १० हजार दुई सय ८६ क्रियाशील सदस्य छन् । तीमध्ये क्षेत्र नं १ मा तीन हजार सात सय ८२ र क्षेत्र नं २ मा ६ हजार पाँच सय चार जना छन् । जिल्लामा सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिका–४ मा सात सय १८ सदस्य छन् भने सबैभन्दा कम भक्तपुर नगरपालिका–८ मा २५ छन् । 

    २०७८, भाद्र १५ मंगलवार०३:१६:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार