विभाजनका पक्षमा नलाग्न एमाले महासचिवको आग्रह

विभाजनका पक्षमा नलाग्न एमाले महासचिवको आग्रह

२०७८, भाद्र १६ बुधवार

  • 1.0K
    SHARES

  • विभाजनका पक्षमा नलाग्न एमाले महासचिवको आग्रह

    काठमाडौँ । नेकपा (एमाले) का महासचिव र्ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् ।

    महासचिव पोखरेलले एमाले निकट नेपाल खेलकुद महासङ्घ, अखिल नेपाल महिला र युवा सङ्घ नेपालको काठमाडौँ महानगरपालिका–५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरी पार्टीलाई एकताबद्ध बनाउँदै गतिविधि सक्रिय तुल्याउन आग्रह गरे ।

    उनले नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजनमा नलागी सङ्गठनको काममा लागेर  आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । 

    सो भेटमा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा सङ्घका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, स्थानीय नेता गणेश श्रेष्ठलगायतको उपस्थिति थियो ।

    नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय सङ्गठनको भेला आयोजना गरिएको हो । प्रदेशसभा सदस्य सिलवालले सबै किसिमका सहयोगका लागि आफू तयार रहेको बताए । 

     

     

    २०७८, भाद्र १६ बुधवार०७:१६:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार