भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि, पछिल्लो २४ घण्टामा ५०९ को मृत्यु

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि, पछिल्लो २४ घण्टामा ५०९ को मृत्यु

२०७८, भाद्र १७ बिहिवार

  • 697
    SHARES

  • भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि, पछिल्लो २४ घण्टामा ५०९ को मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।

    अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । 

    एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यासमेतमा वृद्धि भएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ८९ हजार ५८३ रहेको मन्त्रालयले जनाएको छ ।  

    मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन करोड २० लाख २८ हजार ८२५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

    भारतमा पछिल्लो २४ घण्टामा ५०९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ३९ हजार ५२९ पुगेको छ । 

    मृतकमध्ये १७३ जनाको केरला प्रदेशमा मात्रै मृत्यु भएको हो । केरलामा सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ८०२ रहेको छ । एजेन्सी ।

    २०७८, भाद्र १७ बिहिवार०२:०८:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार