कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन, आज महानगरपालिकामा शोक बिदा 

कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन, आज महानगरपालिकामा शोक बिदा 

२०७८, भाद्र १८ शुक्रवार

  • 1.1K
    SHARES

  • कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन, आज महानगरपालिकामा शोक बिदा 

    काठमाडौं । काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको विहिवार दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उनमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गरेका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।
      
    विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको वडा सदस्य मधुसुदन प्रधानले राससलाई जानकारी दिए । पञ्चायतकालमा पनि उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए । 
     
    नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि उनको शव वडा कार्यालयमा लगिने छ । दिउँसो पशुपति आर्यघाटमा लगी अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको पनि वडा सदस्य प्रधानले बताए । 

    श्रेष्ठको निधनमा काठमाडौं महानगरपालिकाले आज शुक्रवार शोकबिदा दिएको छ । 

    २०७८, भाद्र १८ शुक्रवार०७:४६:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार