पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित झण्डै २६ हजार व्यक्तिको मृत्यु

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित झण्डै २६ हजार व्यक्तिको मृत्यु

२०७८, भाद्र १८ शुक्रवार

  • 717
    SHARES

  • पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित झण्डै २६ हजार व्यक्तिको मृत्यु

    इस्लामाबाद । पाकिस्तानमा विगत २४ घण्टामा चार हजार १०३ थप व्यक्तिमा कोभिड–१९ पुष्टि भएको पाकिस्तानले बिहीबार जानकारी गराएको छ । 

    पाकिस्तानको ‘नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर’ (एनसिओसी) का अनुसार ६१ हजार ६५१ को कोभिड–१९ परीक्षण गरिएकोमा चार हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

    यससँगै कूल सक्रिय सङ्क्रमितको सङ्ख्या एघार लाख ६७ हजार ७९१ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित २५ हजार ९७८ व्यक्तिको मृत्यु भएको छ । पाकिस्तानमा यो साता सङ्क्रमण दर ६.६३ प्रतिशतबाट बढेर ६.६५ प्रतिशत पुगेको छ । 

    गत २४ घण्टामा पाकिस्तान भरी भएको कोभिड–१९ सङ्क्रमितको मृत्युको कुल सङ्ख्या ८९ रहेको छ सरकारी तथ्याङ्कमा जनाइएको छ ।

    विभिन्न चरणमा आफ्ना नागरिकलाई कोभिड–१९ विरूद्धको खोप दिँदै आएको पाकिस्तानले बुधबारदेखि १७ वर्ष र त्यसभन्दा माथिका नागरिकका लागि खोप अभियान सञ्चालन गरेको छ । कोभिडलाई फैलिन नदिन पाकिस्तान सरकार विभिन्न चरणमा अभियान सञ्चालन गरेको जियो न्यूजले जनाएको छ । -एजेन्सी । 

    २०७८, भाद्र १८ शुक्रवार०८:१९:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार