र्यानएअरले अगस्टमा एक करोडभन्दा बढी यात्रुलाई सेवा दिन सफल

र्यानएअरले अगस्टमा एक करोडभन्दा बढी यात्रुलाई सेवा दिन सफल

२०७८, भाद्र १८ शुक्रवार

  • 1.4K
    SHARES

  • र्यानएअरले अगस्टमा एक करोडभन्दा बढी यात्रुलाई सेवा दिन सफल

    डबलिन । युरोपको सबैभन्दा ठूलो कारोबार गर्ने एयरलाइन्स ¥यानएअरले अगस्टमा कूल एक करोड ११ लाख यात्रुलाई सेवा दिएको बताएको छ । 

    गत वर्षको सोही अवधिमा भन्दा यूरोपेली विमान कम्पनी र्यानएअरले ५८.५७ प्रतिशत बढी कारोबार गर्न सफल भएको कम्पनीले जनाएको छ ।

    आयरल्याण्डमा मुख्यालय रहेको एयरलाइन्सले अगस्तमा सरदर ८२ प्रतिशत यात्रु बोकेर कूल ७१ हजार उडानहरू सञ्चालन गरेको बताएको छ । योे गत महिनाको तुलनामा दुई प्रतिशतले वृद्धि हो ।
     
    र्यानइएरले जारी गरेको मासिक ट्राफिक तथ्याङ्कले देखाएअनुसार अप्रिलदेखि लगातार पाँचौं महिनासम्म यात्रुहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको देखिएको छ । गत पाँच महिनामा आर्थिक स्थितिमा तीव्र सुधारको बावजुद कम्पनीको अगस्तको कारोबार अझै पनि अगस्त २०१९ मा रेकर्ड गरिएको महामारी पूर्वस्तर भन्दा २५.५ प्रतिशत कम रहेको छ । 

    सन् २०१९ मा यस कम्पनीले एक करोड ४९ लाख यात्रुहरूलाई सेवा प्रदान गरेको थियो । रलाइनले सम्हालेको थियो । र्यानइअरले खासगरीे मुख्यतया युरोप तथा उत्तर अफ्रिकामा छोटो उडान सञ्चालन गर्छ । -एजेन्सी । 

    २०७८, भाद्र १८ शुक्रवार०८:२३:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार