पार्टीको अधिवेशन सारियो

पार्टीको अधिवेशन सारियो

२०७८, भाद्र १८ शुक्रवार

  • 993
    SHARES

  • पार्टीको अधिवेशन सारियो

    विराटनगर । नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि गरिने  वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ ।

    वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्लासचिव मोदराज घिमिरेले जानकारी दिए ।
     
    उनले मोरङमा कूल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा  १६ हजार २७७ को नवीकरण र अन्य नयाँ रहेको बताए ।

    जिल्ला सभापतिका लागि वर्तमान सभापति डिकबहादुर लिम्बू, दीलीपकुमार गच्छदार, गोपालमान सिंह राजभण्डारी, यदु विष्ट र मदन सङ्ग्रौलाका साथै उपसभापतिका लागि वर्तमान सचिव मोदराज घिमिरे, नागेश कोइराला र गोपालबहादुर थापाको नाम चर्चामा छ ।  

    सचिवमा  शिव ढकाल र ललित श्रेष्ठको नाम चर्चामा रहे पनि थप उमेदवार देखापर्न सक्ने  पार्टीका क्रियाशील सदस्यको भनाइ छ । क्रियाशील सदस्यको टुङ्गो लाग्नेवित्तिकै बुबाको मुख हेर्ने दिन र तीजलाई असर नपर्ने गरी अधिवेशनको कार्यक्रम अघि बढाइने जनाइएको छ ।

    २०७८, भाद्र १८ शुक्रवार०१:५८:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार