खाद्य समस्या सम्बोधनका लागि काम गर्न नेता किमको निर्देशन

खाद्य समस्या सम्बोधनका लागि काम गर्न नेता किमको निर्देशन

२०७८, भाद्र १९ शनिवार

  • 713
    SHARES

  • खाद्य समस्या सम्बोधनका लागि काम गर्न नेता किमको निर्देशन

    सियोल । उत्तर कोरियाका नेता किम जोङ–उनले जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य जोखिमको समाधानका लागि काम गर्न उत्तर कोरियाली अधिकारीहरूलाई निर्देशन दिएका छन् ।  

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई चर्चा गर्दा खाद्य सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्ने उनले बताएका हुन् । गएको वर्ष तुफानले उत्तर कोरियाको मुख्य खाद्यान्न बालीमा गम्भीर असर गरेको थियो भने यो वर्ष पनि केही हप्तासम्मको खडेरीपछि लामो मनसुन वर्षाका कारण बालीमा असर गरेको बताइउको छ ।

    खडेरी तथा बाढीसहितका असामान्य मौसमी गतिविधिसँग जुध्नका लागि अबको प्रयास केन्द्रित हुनु पर्ने धारणा नेता किमले बिहीबार भएको पार्टीको पोलिटब्यूरो बैठकमा राखेका थिए ।  

    पछिल्ला वर्षहरुमा उत्तर कोरियामा पनि जलवायु परिवर्तनको असर गम्भीर रुपमा देखिन थालेको भन्दै उनले त्यससँग जुध्नका लागि तत्काल आन्तरिक प्रयास थालिनु पर्ने बताएका छन् । -एजेन्सी । 

     

     

     

    २०७८, भाद्र १९ शनिवार०७:१४:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार