काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।
पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाटमा सक्रियता बढाएका ओलीले अस्वस्थ महशुस गरेपछि भेटघाट बन्द गरेका छन् । उनका प्रेस सल्लाहकार रामशरण बजगाईंका अनुसार दैनिक दौडधुपको धपेडीका कारण अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ बनेका छन् ।
बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेका ओलीले अत्यावश्यकबाहेक भेटघाट बन्द गरिएको उनले बताए । पार्टी नेतृत्वमा आएपछि इतिहासकै ठूलो पार्टी बनाएका ओली क्रमश: क्षयिकरण हुँदै इतिहासकै सानो पार्टी बन्ने हो की भन्ने चिन्तामा रहेका बुझिएको छ ।
२०७५ साल जेठ २ लाई अक्षरस पालना गराउनु पर्ने जिम्मेवारीमा रहेका ओली आसन्न महाधिवेशनलाई लक्षित गरेर नेतृत्व हत्याउने सोचमा उनी निकटका नेता रहेका कारण जेठ २ कार्यान्वयनमा समस्या आउँदा ओलीले थप दबाब महशुस गरेका छन् ।
उनकै समूहमा पनि प्रष्ट तिनधार देखिनाले पार्टी एकतृत गर्ने सवालमा पनि उनी बढी नै क्रियाशिल हुनुपरेको निकटस्थ बताउँछन् ।