बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित

बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित

२०७८, भाद्र १९ शनिवार

  • 733
    SHARES

  • बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित

    लण्डन । बेलायतमा कोरोनाभाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।  

    योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

    उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १२१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या भने एक लाख ३३ हजार ४१ पुगेको छ । 

    बेलायतमा सङ्क्रमितको सङ्ख्या बढेपछि उच्च सतर्कताका लागि फेरि जोड दिन थालिएको छ । सरकारले खोपका लागि सबैलाई आह्वान गरिरहेको छ भने बालबालिकालाई पनि खोप लगाउने गृहकार्य भइरहेको छ ।

    विज्ञले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउनु उपयुक्त हुने सुझाव पनि दिएका छन् । -एजेन्सी । 

    २०७८, भाद्र १९ शनिवार०४:५२:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार