भियतनामका विद्यालयमा पढाइ सुरु

भियतनामका विद्यालयमा पढाइ सुरु

२०७८, भाद्र २१ सोमवार

  • 1.3K
    SHARES

  • भियतनामका विद्यालयमा पढाइ सुरु

    हनोइ । भियतनामका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको छ । देशका झण्डै दुई तिहाइ क्षेत्रका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । 

    उनीहरुका अनुसार ती विद्यालयहरुमा आइतबारदेखि विद्यालयस्तरको नयाँ शैक्षिक सत्र सुरु गरिएको हो । 

    कोरोनाभाइरसको महामारीका कारण भियतनामका विद्यालयहरुमा लामो समयदेखि पठनपाठन ठप्प भएको थियो । अहिले भने महामारी कम भएको ठहर गर्दै विद्यालयहरुमा पठनपाठन सुरु गर्ने निर्णय लिइएको अधिकारीहरुले जनाएका छन् ।

    अहिले पठनपाठन सुरु नगरेका विद्यालयहरुले पनि आइतबारदेखि पठनपाठन सुरु भएका विद्यालयहरुको अवस्था हेरेर र आफ्नो क्षेत्रमा महामारीको अवस्था हेरेर पठनपाठन सुरु गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय गर्ने जनाइएको छ ।   

    भियतनाममा कोरोनाभाइरसबाट अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १२ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।- एजेन्सी । 

    २०७८, भाद्र २१ सोमवार०७:३८:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार