भारतका काँग्रेस नेता गान्धी जम्मु जाने

भारतका काँग्रेस नेता गान्धी जम्मु जाने

२०७८, भाद्र २१ सोमवार

  • 1.8K
    SHARES

  • भारतका काँग्रेस नेता गान्धी जम्मु जाने

    नयाँ दिल्ली । भारतको राष्ट्रिय काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी सामरिक महत्वको क्षेत्र मानिने जम्मुको भ्रमणमा जाने भएका छन् ।  

    उनी यही सेप्टेम्बर ९ र १० तारिखका दिन त्यस क्षेत्रमा रहने उनी निकट नेताहरूले जानकारी दिएका छन् ।

    भारतको केन्द्रीय सरकारले सन् २०१९ को अगस्टमा संविधानको धारा ३७० खारेज गरेपछि उनले दोस्रो पटक त्यस क्षेत्रको भ्रमण गर्न लागेका हुन् ।  

    भारतको केन्द्रीय सरकारले धारा ३७० खारेज गरी जम्मु र काश्मिर क्षेत्रको स्वायत्तता खोसेर केन्द्रीय सरकार मातहत ल्याएको थियो । यो विषय अन्तर्राष्ट्रियस्तरमा समेत चर्चाको विषय भएको थियो भने भारतमा केही समय आन्दोलनसमेत भएको थियो । 

    त्यसैले गान्धीको पटकपटकको त्यस क्षेत्रको भ्रमणलाई महत्वका साथ हेर्ने गरिएको छ । 

    नेता गान्धीले जम्मुको भ्रमणका क्रममा त्यहाँ रहेको माता वैष्णोदेवी मन्दिरको दर्शनसमेत गर्ने जनाइएको छ । 

    त्यसैगरी उनले भ्रमणको अन्तिम दिन सेप्टेम्बर १० तारिखका दिन श्रीनगरमा पार्टीको नयाँ कार्यालय उद्घाटन गर्ने भएका छन् । -एजेन्सी । 

    २०७८, भाद्र २१ सोमवार०७:४२:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार