ताप्लेजुङका नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

ताप्लेजुङका नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

२०७८, भाद्र २१ सोमवार

  • 745
    SHARES

  • ताप्लेजुङका नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

    ताप्लेजुङ । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन् ।  

    जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू,प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २  का सदस्य पूर्णबहादुर कामी, वडा नं–३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बो, दलित महिला सदस्य दिलमाया नेपाली र समन्वय समिति सदस्य निमातेन्जी शेर्पा छन् । 

    दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

    २०७८, भाद्र २१ सोमवार०८:२१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार