बेलायतमा २४ घण्टामा कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित देखिए

बेलायतमा २४ घण्टामा कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित देखिए

२०७८, भाद्र २१ सोमवार

  • 741
    SHARES

  • बेलायतमा २४ घण्टामा कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित देखिए

    लन्डन । आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका सङ्क्रमित थपिनेक्रम बढ्दै गएको छ ।

    यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बताइएको छ । यो समेत गरी यहाँ त्यहाँ ६९ लाख ७८ हजार ६२ जना सङ्क्रमित पुगेका छन् ।

    त्यसैगरी यहाँ गएको २४ घण्टामा ६८ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ । यहाँ पछिल्ला केही हप्तामा सङ्क्रमितहरु थपिने र निधन हुनेको सङ्ख्या पनि बढेको बताइएको छ । 

    यहाँ यो भाइरसबाट एक लाख ३३ हजार २२९ जनाको निधन भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।  एजेन्सी ।

    २०७८, भाद्र २१ सोमवार०२:०८:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार