कोरोना अपडेट : थप ५८८ जनामा कोरोना संक्रमण, ११ को मृत्यु 

कोरोना अपडेट : थप ५८८ जनामा कोरोना संक्रमण, ११ को मृत्यु 

२०७७, पौष ५ आइतवार

  • 2.2K
    SHARES

  • कोरोना अपडेट : थप ५८८ जनामा कोरोना संक्रमण, ११ को मृत्यु 

    पौष ५, काठमाडौं । 

    पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०० जनामा परीक्षण हुँदा ५८८ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०९७ रहेको छ ।

    हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ रहेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ८३२० जना रहेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७८८ पुगेको छ ।

    २०७७, पौष ५ आइतवार०५:१९:३६
    प्रतिक्रिया
    सम्बन्धित समाचार