नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

२०७८, भाद्र २२ मंगलवार

  • 1.1K
    SHARES

  • नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

    काठमाडौँ । पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ ।
     
    ओमानको अल अमिरात क्रिकेट मैदानमा आज शुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सवै विकेट गुमाएर १३४  रन बनायो । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए ।

    यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, किप्लिन डोरिगाले १५, चाड सोपरले अविजित १७, सेसे बाउले १४ र कप्तान असाद भालाले ४ रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना एक एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाइकनै पेभेलियन फर्किए । 
     
    पपुवा न्युगिनीको पारीलाई न्यून स्कोरमा खुम्च्याउने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । यस्तै आजको खेलमा डेब्यू गर्नुभएका विक्रम सोबले दुई विकेट लिए । कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए । 
     
    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्न लागेको हो ।

    नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ । नेपालले केहीबेर अघिसम्म ६ ओभरमा बिनाकुनै विकेट २९ रन बनाएको छ । प्रारम्भिक ब्याटस्म्यानद्वय कुशल भुर्तेल र आशिफ शेखले अहिले ब्याटिङ गरिरहेका छन् । 

    २०७८, भाद्र २२ मंगलवार०३:१२:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार