बेलारुसका विपक्षी नेतालाई ११ बर्षको कैद सजाय

बेलारुसका विपक्षी नेतालाई ११ बर्षको कैद सजाय

२०७८, भाद्र २२ मंगलवार

  • 1.7K
    SHARES

  • बेलारुसका विपक्षी नेतालाई ११ बर्षको कैद सजाय

    मिन्स्क, बेलारूस । बेलारुसका विपक्षी नेता ११ बर्ष कैद सजाय सुनाइएको छ । बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो । सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउँदै बिपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ बर्षको कैद सजाय सुनाइएको छ ।

    कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबिरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेका थिए । गत बर्ष सम्पन्न निर्वाचनमा धाँधली गरेको भन्दै विरोध गर्दै आएका उनलाई सरकारविरूद्ध कठोर बनेको र राष्ट्रिय हितविपरित काम गरेको अभियोग लगाइएको थियो ।

    कोलेस्निकोवा र अर्का विपक्षी नेता म्याक्सिम नाकलाई राजधानी मिन्स्कमा बन्द ढोका पछाडि आयोजित एक सुनुवाईमा चरमपन्थी र ‘असंवैधानिक तरीकाले राज्य सत्ता कब्जा गर्ने’ षडयन्त्र गरेको आरोप लगाइएको छ ।” लुकाशेन्कोको सरकारको विरोधीहरुद्वारा गठित समन्वय परिषद्को एक प्रमुख सदस्य नाकलाई पनि १० बर्ष जेल सजाय सुनाइएको छ । कोलेस्निकोवा, एक संगीतकारबाट राजनीतिमा आएका हुन् ।- एजेन्सी । 

    २०७८, भाद्र २२ मंगलवार०९:११:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार