अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

२०७८, भाद्र २३ बुधवार

  • 1.4K
    SHARES

  • अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

    काठमाडौँ । पत्रकार प्रकृति अधिकारीले लेखेको पुस्तक ‘राणाकालीन शिक्षा’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि सचिव रामप्रसाद थपलिया मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

    शिक्षा सचिव थपलियाले पुस्तकले राणाशासनकालमा शिक्षाको अवस्थाबारे जानकारी दिने बताए । लेखक अधिकारीले पुस्तकमा राणाकालको १०४ वर्षको अवधिमा शिक्षाको विकासक्रमबारे खोजमूलक तथा ऐतिहासिक सामग्रीसहित पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएको बताए ।  

    निरङ्कुश शासकले उच्च शिक्षामा जनताको पहुँचमा किन र कसरी पु¥याए भन्ने कुरा पुस्तकमा समेटिएको उनले जानकारी दिए । पुस्तकमा राणाशासनकालमा स्थापना भएका विद्यालयबारे पनि उल्लेख गरिएको छ । लेखक अधिकारीले नेपालको शिक्षाको इतिहास जान्न खोज्नेका लागि पुस्तक उपयोगी हुने बताए ।  

    यस्तै पुस्तकमा कन्या शिक्षा, कला पाठशाला, प्रौढ शिक्षा, आधार शिक्षा, मन्टेसरी शिक्षा, संस्कृत शिक्षा, स्रेस्ता पाठशाला र पास जाँच अड्डालगायत विभिन्न १५ विषयमा लेखिएको छ । यसअघि उहाँले ‘एसएलसीको इतिहास’ नामक पुस्तक २०७४ सालमा प्रकाशित गर्नुभएको थियो । लेखक अधिकारी शिक्षा पत्रकार सञ्जालका अध्यक्षसमेत हुन् । 

    २०७८, भाद्र २३ बुधवार१०:३७:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार