इन्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ को मृत्यु

इन्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ को मृत्यु

२०७८, भाद्र २४ बिहिवार

  • 1.2K
    SHARES

  • इन्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ को मृत्यु

    जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

    घाइते सवैलाई अस्पताल लगिएको र ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

    स्थानीय समय अनुसार बिहान २ः२० बजे आगलागी भएको थियो र बिहान ३ः३० बजे आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसले जानकारी दिए ।   

    इन्डोनेसियाको कानून र मानव अधिकार मन्त्रालयका जेल विभागकी प्रवक्ता रिका अप्रियन्तीले भने ४० कैदी राख्नको लागी डिजाइन गरिएको भीडभाडमा १२२ जना बसिरहेका बताएका छन् । प्रभावित ब्लकमा थुनामा रहेका कैदीहरुमध्ये धेरै लागुऔषधमा संलग्न रहेको जनाइएको छ । -एजेन्सी । 

    २०७८, भाद्र २४ बिहिवार०७:५४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार