अमेरिकीसहित २०० जनालाई काबुलबाट बाहिरिन अनुमति

अमेरिकीसहित २०० जनालाई काबुलबाट बाहिरिन अनुमति

२०७८, भाद्र २५ शुक्रवार

  • 653
    SHARES

  • अमेरिकीसहित २०० जनालाई काबुलबाट बाहिरिन अनुमति

    कतार । अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ । 

    अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरूलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी ब्लिङ्केन कतारको दोहामा रहेका छन् । तालिबानले उनीहरुलाई बाहिर जान दिए पछि अफगानिस्तानबाट कतारको उडानमार्फत् उनीहरू कतार जाने काबुल विमानस्थल स्रोतले जानकारी गराएको हो । 

    अफगानिस्तानबाट बाहिरिनेमा करिव २०० जना अमेरिकी रहेको बताइएको छ । अफगानिस्तान तालिबानले नियन्त्रण गरे पछि गत अगस्त ३१ सम्म अमेरिकी सेनासहित उनीहरूलाई सहयोग गर्दै आएका अफगानी नागरिकसमेत शरणार्थीका रूपमा अमेरिका पुगेका छन् । -एजेन्सी । 

    २०७८, भाद्र २५ शुक्रवार०७:३६:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार