काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले विरोध र नारावाजी गर्दै अवरोध गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरु उठेर बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
प्रतिपक्ष सांसदबाट विरोध भइरहँदा सभामुख सापकोटाले तपाईहरुले उठाएका कुरा अदालतमा मुद्दा विचाराधीन रहेको र जनजीवीकासँग जोडिएका यावत् विषय राख्नुपर्ने भएकाले सदन चलाउन सहयोग पु-याउन आग्रह गरे ।
सभामुखको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षबाट निरन्तर नारावाजी गर्दै विरोध भइरह्यो । सो बीचमा सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयलाई सदनमा उठाउन बन्देज रहेको बारेमा ध्यानाकर्षण गराए ।
प्रमुख प्रतिपक्ष दलको विरोधका कारण गत बुधबारको प्रतिनिधिसभाका तीन वटा बैठक पनि स्थागित भएका थिए । अहिले सदनमा प्रतिपक्षको नारावाजी निरन्तर चलिरहेको छ ।