पाकिस्तानले काबुल नियमित उडान शुरु गर्ने

पाकिस्तानले काबुल नियमित उडान शुरु गर्ने

२०७८, भाद्र २७ आइतवार

  • 829
    SHARES

  • पाकिस्तानले काबुल नियमित उडान शुरु गर्ने

    इस्लामावाद । पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनःशुरु गर्ने भएको छ । 

    पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ । 

    पकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको हो । 

    अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो । 

    त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए । तर अरु देशका यी कम्पनीले भने उडान शुरु गरेका छैनन् । -एजेन्सी ।

    २०७८, भाद्र २७ आइतवार१२:५४:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार