अवरोधका बीच संसद् बैठक शुरु

अवरोधका बीच संसद् बैठक शुरु

२०७८, भाद्र २९ मंगलवार

  • 2.5K
    SHARES

  • अवरोधका बीच संसद् बैठक शुरु

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक प्रारम्भ हुनासाथ एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।  

    प्रतिपक्षी दलको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । अवरोधकै बीच ‘विनियोजन विधेयक, २०७८’ माथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।
     
    एमालेले आफूले कारवाही गरेका १४ सांसदलाई संसद् प्रवेश निषेध गर्नुपर्ने माग राखी संसद्को चालू अधिवेशन प्रारम्भ भएदेखि नै अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको नवौँ अधिवेशन यही भदौ २३ देखि शुरु भएको थियो ।

    संसद्को गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले प्रतिनिधिसभामा सहभागी राजनीतिक दल सम्मिलित सर्वदलीय बैठक सोमबार आयोजना गरेका थिए । सो बैठकमा एमाले उपस्थित नभएपछि बैठक विनानिष्कर्ष सकिएको थियो । 

    २०७८, भाद्र २९ मंगलवार०१:५४:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार