कक्षा १२ को परीक्षा आजदेखि शुरु

कक्षा १२ को परीक्षा आजदेखि शुरु

२०७८, भाद्र ३० बुधवार

  • 1.3K
    SHARES

  • कक्षा १२ को परीक्षा आजदेखि शुरु

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजबाट शुरु गरेको छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ ।

    बोर्डले परीक्षार्थी सबैले खोप लगाईसकेका कारण संक्रमण नियन्त्रण हुने र परीक्षा सहज ढंगले संचालन हुने अनुमान गरेको छ ।

    यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।

    परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

    विद्यार्थीको उत्तरपुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने छ । 

    सङ्क्रमण कम भएका कारण उत्तरपुस्तिका सङ्कलन गर्न लागिएको बोर्डले जनाएको छ । गत वर्षको कक्षा १२ को परीक्षामा भने उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमा नै गर्ने व्यवस्था मिलाइएको थियो ।

    २०७८, भाद्र ३० बुधवार०८:३६:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार