चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने

चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने

२०७८, भाद्र ३० बुधवार

  • 1.1K
    SHARES

  • चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ । 

    नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिए ।

    पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् । काठमाडौँको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् ।

    २०७८, भाद्र ३० बुधवार११:५५:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार