भारतमा थप २७ हजार सङ्क्रमित, २८४ जनाको मृत्यु

भारतमा थप २७ हजार सङ्क्रमित, २८४ जनाको मृत्यु

२०७८, भाद्र ३० बुधवार

  • 789
    SHARES

  • भारतमा थप २७ हजार सङ्क्रमित, २८४ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् ।

    पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ ।
     
    कुल सङ्क्रमित मध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन् । त्यसैगरी केरलामा मृत्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ ।

    मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख १६ हजार ७५५ रहेको छ । ती मध्ये तीन करोड २५ लाख २२ हजार १७१ जना सङ्क्रमणमुक्त भएका छन् । एजेन्सी ।

    २०७८, भाद्र ३० बुधवार०१:५६:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार