माधव-प्रचण्ड पक्षका नेता कार्की भन्छन्, ओलीलाई चक्रव्युहमा फँसाउन खोजियो 

माधव-प्रचण्ड पक्षका नेता कार्की भन्छन्, ओलीलाई चक्रव्युहमा फँसाउन खोजियो 

२०७७, पौष ६ सोमवार

  • 4.3K
    SHARES

  • माधव-प्रचण्ड पक्षका नेता कार्की भन्छन्, ओलीलाई चक्रव्युहमा फँसाउन खोजियो 

    पौष ६, काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य युवराज कार्कीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिर्ष नेताले नै फँसाउन खोजेको आरोप लगाएका छन् ।

    प्रधानमन्त्री समेत भईसकेका नेताहरु पुष्पकमल दहाल 'प्रचण्ड', माधव कुमार नेपाल र झलनाथ खनालले घेराबन्दीमा पारेकै कारण 'प्रधानमन्त्री संसद नै विघटन गर्ने अवस्थामा पुग्नु भएको हो' ।

    नेता त्रयको अकर्मण्यताकै कारणबाट यो परिस्थिति सिर्जना भएको र मुलुक भड्खालोमा परेको हो । जनताले सबै घटना नजिकबाट हेरिरहेका हुनाले आगामी दिनमा जनताले नै उनीहरुलाई दण्डित गर्ने पनि उनको भनाई थियो । 

    "दुई तिहाईको सरकारले जनताको चाहना अनुसारै मुलुक समृद्ध तर्फ लाँदै गरेको अवस्थामा ओलीलाई चक्रव्युहमा फँसाएर न्याँक्न खोजियो तर २१ औं शताव्दीका अभिमन्यु त्यसलाई तोडेर वाहिर निस्कन सफल हुनु भयो", कार्कीले थपेका छन् ।  

    पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका नेता कार्की नेकपाका बौद्धिक नेतामा गनिन्छन् ।  

    २०७७, पौष ६ सोमवार१२:४६:१५
    प्रतिक्रिया
    सम्बन्धित समाचार