युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने

युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने

२०७८, भाद्र ३१ बिहिवार

  • 785
    SHARES

  • युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने

    स्ट्रासवर्ग, फ्रान्स । युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरुलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ ।

    युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिव देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिए । 

    “गरिव राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ,” युरोपेली संसदको बार्षिक बैठकमा उनले भने । उनीहरुलाई उपलब्ध गराउने भनिएको खोप अर्को बर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिए । 

    उनले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सवैलाई आह्वान गरेका छन् । 

    गरिब देशहरुलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उनले जोड दिएका छन् । 

    विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि कोरोनाभाइरस विरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरुले योगदान गर्नुपर्ने उनको भनाई छ । -एजेन्सी ।

    २०७८, भाद्र ३१ बिहिवार०८:५५:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार