कोरोना अपडेट : थप ७४२ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकामा मात्र ३११ जना संक्रमित

कोरोना अपडेट : थप ७४२ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकामा मात्र ३११ जना संक्रमित

२०७७, पौष ६ सोमवार

  • 2.5K
    SHARES

  • कोरोना अपडेट : थप ७४२ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकामा मात्र ३११ जना संक्रमित

    पौष ६, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३५१ जनामा गरिएको परीक्षणमा ४४८ पुरुष र २९४ जना महिला गरी ७४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७९ रहेको छ ।

    हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३११ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् ।

    २०७७, पौष ६ सोमवार०५:५२:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार