आज नेकपा (एस) कार्यालय उदघाटन हुँदै

आज नेकपा (एस) कार्यालय उदघाटन हुँदै

२०७८, आश्विन १ शुक्रवार

  • 861
    SHARES

  • आज नेकपा (एस) कार्यालय उदघाटन हुँदै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नेछन् ।  

    सत्तारूढ पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यहाँ प्रस्तावित समाजवादी पे्रस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिए ।  

    सोही अवसरमा पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले सङ्घीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड सङ्कट, फौजदारी कसूर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बतिन्धत अध्यादेश अलपत्र परेको जनाए । उनले विधिको शासन कायम गर भन्ने नेकपा (एमाले) ले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति पनि जनाए ।

    यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २०५ संस्थापक सदस्यीय समाजवादी प्रेस तदर्थ समिति अर्को हप्ता दर्ता गरिने तयारी भएको पत्रकार विश्वमणि सुवेदीले बताए । 

    २०७८, आश्विन १ शुक्रवार०७:२५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार