भारतमा थप ३४ हजार ४०३ व्यक्तिमा कोरोना सङ्क्रमण

भारतमा थप ३४ हजार ४०३ व्यक्तिमा कोरोना सङ्क्रमण

२०७८, आश्विन १ शुक्रवार

  • 773
    SHARES

  • भारतमा थप ३४ हजार ४०३  व्यक्तिमा कोरोना सङ्क्रमण

    नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले  शुक्रबार जानकारी दिएको छ ।  

    पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको जनाइएको छ । कोरोना शुरु भएदेखि हालसम्म यहाँ कोरोना सङ्क्रमणबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको शुक्रबार जनाइएको छ । हालका दिनहरुमा कोरोना सङ्क्रमण र मृत्यु भएका प्रायः  व्यक्ति भारतको दक्षिणी राज्य केरलामा रहेका छन् । 

    हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा ३७ हजार ९५० जना कोरोना मुक्त भएका छन् । कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४२४ जना कोरोना मुक्त भएका छन् । एजेन्सी ।

    २०७८, आश्विन १ शुक्रवार०५:०२:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार