कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

२०७८, आश्विन २ शनिवार

  • 941
    SHARES

  • कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो । 

    कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।  

    काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १३८ वडा छन् । काठमाडौँमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् । 

    २०७८, आश्विन २ शनिवार०९:०७:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार