अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

२०७८, आश्विन २ शनिवार

  • 921
    SHARES

  • अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

    अल्जेरस । अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ ।

    उनको शुक्रबार ८४ बर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ । सन् २०१९ मा राजीनामा गर्नुअघिसम्म उनले झण्डै दुई दशक अल्जेरियामा शासन गरेका थिए ।   

    उनले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिएका हुन् । देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहेका अब्डेलाजिलले सन् २०१९ को अप्रिलमा राजीनामा दिएका थिए ।  

    आफूलाई राजीनामा दिनका लागि सेनाले समेत दवाव दिएको उनले बताएका थिए । उनले राष्ट्रपतिको रूपमा पाँचौ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो ।

    आन्दोलनबाट सत्ताबाट बाहिरिएका अब्डेलाजिज पश्चिमी अल्जेरियामा बस्दै आएका थिए । उनी लामो समयदेखि सार्वजनिक भएका थिएनन् । फ्रान्सेली उपनिवेशबाट मुलुकलाई मुक्त गरेपछि उनी पहिलो पटक सन् १९९९ मा राष्ट्रपति भएका थिए ।  

    फ्रान्सेली उपनिवेश हटाउने संघर्षका क्रममा झण्डै २० हजार जनाको मृत्यु भएको थियो । देशलाई उपनिवेशबाट मुक्त गराउने संघर्षको नेतृत्वकर्ताको रूपमा र राष्ट्रपतिको रूपमा उनले गरेको योगदानका कारण उनी उच्च सम्मानित थिए ।- एजेन्सी । 

    २०७८, आश्विन २ शनिवार०३:४६:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार