पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहद्वारा राजीनामा

पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहद्वारा राजीनामा

२०७८, आश्विन ३ आइतवार

  • 893
    SHARES

  • पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहद्वारा राजीनामा

    नयाँ दिल्ली । पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाएका छन् ।  

    मुख्यमन्त्री सिंह र पञ्जाब कांग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच पञ्जाबमा शक्ति संघर्ष चल्दा पञ्जाब कांग्रेसमा लामो समयदेखि विवाद चर्किएको थियो । उक्त विवादका बीच केही समयअघि कांग्रेसले सिद्दुलाई पञ्जाब कांग्रेसको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

    भारतीय काँग्रेसको ‘उच्च नेतृत्व’ले सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न बाध्य पारेको दावी गरिएको छ ।

    सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा पञ्जाब कांग्रेसका ८० मध्ये ५० जना सांसदले पार्टी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेर सिंहलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेपछि उहाँले पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ । 

    सिंहलाई संसदीय दलको नेताबाट हटाउनको लागि शनिबार साँझ बैठक बोलाइएको तर त्यसअघि नै सिंघले राजीनामा दिनुभएको उहाँ निकट नेताहरूले बताएका छन् । -एजेन्सी । 

    २०७८, आश्विन ३ आइतवार०७:४९:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार