राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

२०७८, आश्विन ३ आइतवार

  • 1.0K
    SHARES

  • राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

    काठमाडौँ । नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गर्नुभएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

    दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको कामना गर्नुभएको छ ।

    २०७८, आश्विन ३ आइतवार०८:०६:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार