अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

२०७८, आश्विन ३ आइतवार

  • 753
    SHARES

  • अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

    संयुक्त राष्ट्रसंघ । चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । उनले भनेका छन्, आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक छ । 

    हाल अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने उनले बताएका छन् । अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पुर्याउनु पर्ने उनको धारणा थियो । 

    संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उप प्रमुख स्थायी प्रतिनिधि दाइ बिङले सो धारणा राखेका हुन् ।

    उनले अहिले पनि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादीहरु जम्मा हुने ठाउँ बन्ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समूदायलाई आग्रह गरेका हुन् ।

    अहिले पनि अफगानिस्तानमा सहयोग र मानवीय सहायताका कार्यक्रमहरु लिएर जानुपर्ने उनले बताएका छन् । 

    २०७८, आश्विन ३ आइतवार०३:१३:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार